welfare pool fund
कल्याणकारी कोष
कोजभड-१९ को सुरुवातजतर परेको आपतका बखत नेपाल न्यूजिल्यान्ड वाइकातो फ्रेन्डजिप सोसाइटीले कसरी हामी समाजका सदस्यलाई सहयोग गर्न सक्छौं भन्ने सम्बन्धमा बिचार मन्थन गर्दै कल्याणकारी कोषको अवधारणा पजहलो पटक ल्याएको थियो। यो कल्याणकारी कोष वाइकाटोमा रहेका नेपाली समुदायका सदस्यहरूलाई मद्दत गर्न उत्प्रेरित छ जसलाई विभिन्न आर्थिक कठिनाइहरू जस्तै जागिर गुमाउनु, काम गर्ने घण्टा घट्नु, चिकित्सा उपचार लगायतका कारण आर्थिक सहयोग चाहिन्छ। सिमित कोष भएको हाम्रो संस्थाले आवश्यकता अनुसारकै पूर्ण सहयोग गर्न त सक्दैन तर समुदायको रूपमा, यो पहल समुदाय भित्र थप सद्भाव र प्रेम निर्माण गर्ने उद्देश्यका साथ हो। हामी यो कोष समुदायका हाम्रा सदस्यहरूको कल्याण कायम राख्नको लागि हाम्रो एकताको प्रतीकात्मक अभिव्यक्ति हो भन्ने विश्वास गर्छौं। नेपाली समुदायका मानिसहरू विशेष आवश्यकता र अत्यावश्यकताका आधारमा ऋण लिन योग्य छन्। नेपाली समुदायका मानिसहरू विशेष आवश्यकता र अत्यावश्यकताका आधारमा ऋण लिन योग्य छन्। वास्तविक आर्थिक आवश्यकता भएका सदस्यहरूले यो कोषबाट उधारो लिन सक्छन् र आम्दानी आंशिक वा पूर्ण रूपमा पुनर्स्थापित हुँदा उक्त ऋण फिर्ता पाउने आशा गरिन्छ। यद्यपि, नेपाल न्युजिल्यान्ड वाइकाटो फ्रेन्डशिप सोसाइटी) ले सदस्यहरूलाई उनीहरू ऋण फर्काउने स्थितिमा कहिले हुनेछन् भनी सोची समयरेखा निर्धारण गर्न प्रोत्साहित गर्दछ। यस मोडालिटी अन्तर्गत, हामी आशा गर्छौं कि यो कोष दिगो र हुनेछ ।
कल्याणकारी कोषको लागी कोष उठाउने तरिकाहरु
- व्यक्तिहरूबाट चन्दा
- विभिन्न अभियानहरूबाट कोष सङ्कलन
- राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्सीहरूबाट संकलन गरिएको कोष
- NNZWFS द्वारा विनियोजित कोष
आउनुहोस् तपाईं हामी सबैले कोषको अवधारणा अनुरूप यसलाई बढाउने र सबैको हितका प्रयोग गने काम गरौँ।




